कालिका मावि प्रथम कुलपति रनिङ सिल्डको च्याम्पियन
पाेखरा | माघ १४, २०७९
पोखरा: कालिका माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै च्याम्पियन भएको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १–१ गोल गरे ।
टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टिमबाट राम्रो अवसर पाएपनि थप गोल हुन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा कालिकाका सज्जनले गोल गर्दै टिमलाई दोेब्बर अग्रता दिलाए । त्यसपछि भने दुवैतर्फबाट गोल हुन सकेन र कालिकाले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो ।
विजेता भएको कालिकाले ट्रफिसहित १ लाख पुरस्कार प्राप्त ग¥यो । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले हस्तान्तरण गरे । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त ग¥यो । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

